रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन

२०८३ असार १७, बुधबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ ।

प्रथम राष्ट्रिय महाधिवेशनपछि आज भएको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन, लेखा र अनुसशान आयोगमा पदाधिकारी मनोनयन गरेको हो । केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई जिम्मेवारी दिइएको बैठकपछि महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।

बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनीत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार