काठमाडौं : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ।
मन्त्रिपरिषद्को आजको निर्णय अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखको जिम्मेवारी एआईजी उमाप्रसाद चतुर्वेदीलाई दिइएको छ। यसअघि सीआईबी प्रमुख रहेका एआईजी डा मनोजकुमार केसीलाई प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा एआईजी सुशीलसिंह राठौरलाई सरुवा गरिएको छ भने त्यहाँका प्रमुख एआईजी ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागमा पठाइएको छ।
हाल नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी सिद्धीविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयको अपरेशन विभागमा सरुवा गरिएको छ भने प्रतिष्ठानको जिम्मेवारी एआईजी राजन अधिकारीलाई दिइएको छ।








