नेकपा एमालेका पूर्वसांसद कोइरी पक्राउ

२०८३ असार १८, बिहीबार

काठमाडौं : नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् ।

उनलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो । असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले बुधबार मात्रै ५ वर्ष कैद सजाय सुनाएको थियो।

बुधबार उच्च अदालतका मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर कोइरी र कापरलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको हो।

यसपछि प्रहरीले उनलाई गौशालाबाटै पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार