काठमाडौँ : कर्णाली नदीमा असार १८ गते यात्रुबाहक फोर्स गाडी खस्दा हराएका यात्रु भेटिएका छैनन्। तीनदेखि खोजतलास जारी रहेको भए पनि नदीमा डुबेको गाडी र सवार यात्रुको अझै पत्ता लागेको छैन ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतेडा क्षेत्रमा यात्रुबाहक गाडी दुर्घटना भएर कर्णाली नदीमा बेपत्ता छ। प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले गाडी तथा यात्रुको खोजीकार्यका लागि सशस्त्रको गोताखोरको टोलीदेखि नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली नदीमा दुर्घटनास्थलदेखि बर्दिया र कैलालीको भारत सीमानासम्म गस्ती गरिरहेको जानकारी दिए।








