नाडेप लघुवित्तको ११औँ वार्षिक साधारणसभा सम्पन्न

२०८३ असार २२, सोमबार

काठमाडौं : नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभा सोमबार धादिङको नौबिसेस्थित नौबिसे एग्रो रिसोर्टमा सम्पन्न भएको छ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख कार्यकारी अधिकृत दीर्घबहादुर अर्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

सभालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले वित्तीय क्षेत्रमा हाल चुनौतीपूर्ण अवस्था रहे पनि आगामी दिनमा परिस्थिति सहज हुने विश्वास व्यक्त गर्दै ग्राहक सदस्यलाई अझ गुणस्तरीय सेवा प्रदान गरी शेयरधनीको अपेक्षा पूरा गर्न संस्था प्रतिबद्ध रहेको बताए। उनले नेपाल राष्ट्र बैंकबाट जारी हुने नीति तथा निर्देशनहरू अझ लघुवित्तमैत्री हुने अपेक्षासमेत व्यक्त गरे।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ। संस्थागत तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सर्वसम्मत रूपमा नयाँ सञ्चालक निर्वाचित भएको संस्थाले जनाएको छ।

अवसरमा अध्यक्ष आचार्यले संस्थाको विकास र प्रगतिमा सहयोग पुर्‍याउने शेयरधनी, ग्राहक, नेपाल राष्ट्र बैंक, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, लेखापरीक्षक, दातृ निकाय तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार