तपाईँको आजको राशिफल : आज मिति २०८३ साल भाद्र २९ गते सोमवार

२०८३ भाद्र २९, सोमबार

मेष

घर निर्माण वा ठेकापट्टा सम्बन्धी कामबाट लाभ पाइनेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा गरिएको कार्यको उचित प्रतिफल मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

वृष

कार्यक्षेत्रमा संघर्षपूर्ण समय बित्नेछ। कार्यक्षेत्रमा समयमा कार्य सम्पादन नहुनाले मन अप्रसन्न रहनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आकस्मिक धनलाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा मनग्य लाभ मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार व्यवसायमा तारिफ योग्य कार्यले प्रशंसा पाउनुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट

स्वरोजगारको लागि विदेशतिर ताक्नेहरूलाई नयाँ अवसर हात लाग्ला। कृषि वा पशुधनमा हानि हुने सम्भावना रहेको छ। नोकरी वा पेशामा सकारात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह

धार्मिक सम्मेलनमा जाने अवसर मिल्नेछ। आर्थिक कारोबारमा लाभ रहनेछ। व्यापार व्यवसायलाई लिएर दीर्घकालीन निर्णयहरु लिन सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कन्या

नोकरी वा पेशामा उच्च अधिकारीबाट नयाँ जिम्मेवारी पाइनेछ। कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ। शेयर बजारको लगानीबाट लाभ मिल्ला। व्यापार व्यवसायमा आयस्रोत बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला

कार्यक्षेत्रमा मित्रको सहयोगले अप्ठ्यारो काम सम्पादन हुनेछ। अरूलाई सोधेभन्दा बढी सल्लाह नदिनुहोला। व्यवसायमा लगानी थप्नुपर्ने परिस्थिति आउनसक्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक

कार्यक्षेत्रमा अरूको जिम्मेवारी बहन गर्नुपर्ला। व्यापार व्यवसायमा पैसाको लेनदेनमा धोखा मिल्न सक्ला। व्यवहारमा सरल र परोपकारको भावना लिएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

धनु

साहस र पराक्रममा वृद्धि हुनेछ। पारिवारिक मेलजोलमा समय बित्नेछ। मेहनतले इच्छा र आकांक्षा पूरा हुनेछन्। धर्म कर्मतिर रुचि बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

मकर

उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। विद्यार्थी वर्गहरूको रचनात्मक र कलात्मक क्षेत्रमा विकास हुनेछ। संगीतको क्षेत्रमा विशेष उन्नति मिल्नेछ। पुरुषार्थले कार्यमा सफलता दिलाउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ

काम र जिम्मेवारीमा केन्द्रित रहनुपर्ने दिन रहेको छ। मेहनतको सानो फल आजैबाट देखिन सक्छ। भावना दबाएर नराखी व्यक्त गर्नुहोला साथै अरुको भावनाको पनि कदर गर्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन

नयाँ विचार र कल्पनाले मन उत्साहित बनाउँछ। साथीहरूसँग समय व्यतीत गर्दा मानसिक शान्ति मिल्नेछ। अनावश्यक खर्चमा नियन्त्रण राख्नुहोस्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ७ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार