काठमाडौँ : फिल्म ‘आ बाट आमा २’को फष्टलुक्स पोष्टर सार्वजनिक गरिएको छ ।
हरितालिका तीजको अवसर पारेर सार्वजनिक फिल्मको फष्टलुक्समा नेपाली समाजले भोगिरहेको पारिवारिक विछोड, आमाको पर्खाइ र भत्किँदै गएको सामाजिक परिवेशलाई झल्काउने प्रयास गरिएको छ ।
पोस्टरको एउटा फोटोमा पल र साइग्रेसलाई खुशी मुन्द्रामा देखिन्छन् भने सोही पोस्टरको मुनी रहेको अर्को पोस्टरमा निधारमा रातो टीका र जमरा लगाएर बसेका दुई युवाहरू (पल शाह र साइग्रेस)लाई आमाले अँगालो हालेर रोइरहेकी छन् ।
फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ ।








