वन अधिकृतविरुद्ध १५ हजार बिगो दाबी गर्दै मुद्दा दायर

२०८३ भाद्र २९, सोमबार

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वन अधिकृतविरुद्ध १५ हजार बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख (सातौँ) भुवन पौडेलविरुद्ध मुद्दा दायर भएको हो । अख्तियारले जनाएअनुसार काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस गरिदिएबापत उनले सेवाग्राहीसँग लाभ लिएका थिए ।

उनका विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) बमोजिम १५ हजार बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजाय माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार