किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङ पुनः पक्राउ

२०८३ भाद्र ३०, मंगलवार

काठमाडौँ : नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ एक बैंकिङ कसुर मुद्दामा धरौटीमा रिहा हुने आदेश पाए पनि प्रहरीले पुनः पक्राउ गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले अरुण अर्यालको जाहेरीमा दायर भएको ५ लाख २५ हजार रुपैयाँ बिगोसम्बन्धी बैंकिङ कसुर मुद्दामा तामाङलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न मंगलबार आदेश दिएको थियो।

अदालतको आदेशपछि धरौटी बुझाएर रिहा हुनुअघि नै प्रहरीले उनलाई अर्को मुद्दाको अनुसन्धान तथा बयान बाँकी रहेको भन्दै पुनः नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई प्रहरी वृत्त दरबारमार्गमा लगेको छ।

प्रहरीका अनुसार तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी अन्य मुद्दासमेत विचाराधीन छन्। थप मुद्दाको बयान तथा अनुसन्धानका लागि उनलाई बुधबार पुनः अदालतमा उपस्थित गराउने तयारी रहेको प्रहरीको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार