सुनसरी : सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । आज दिउँसो बर्जु ताल क्षेत्रमा गाईवस्तुका लागि घाँस काट्न जादा अचानक हावाहुरी चलेपछि नजिकै रहेको सिमलको रुख ढलेको हो ।
रुखले च्याप्दा यादव घाइते भएकी थिइन् । उनको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल मृत्यु भएको सुचना अधिकारी खड्काले बताए ।








