डार्शी शर्टले लुम्बिनी लायन्सबाटै एनपीएल खेल्ने

२०८३ आश्विन ८, बिहीबार

काठमाडौं : अस्ट्रेलियाका बाँयाहाते ओपनिङ ब्याटर डार्शी शर्ट नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा पनि लुम्बिनी लायन्सबाटै खेल्ने भएका छन् ।

लुम्बिनीले सामाजिक सञ्जालमार्फत शर्ट अनुबन्ध गरेको जानकारी दिएको हो । उनले गत संस्करणमा लुम्बिनीको उपाधि यात्रामा पूरा सिजन खेलेका थिए ।

शर्टले पावरप्लेमा खेल पल्टाउने क्षमता राख्छन् । उनले अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी-२०आई खेलिसकेका छन् । उनले २३ टी-२०आई खेलमा ६४२ रन बनाएका छन् । त्यस्तै समग्र टी-२०मा उनले १९७ खेलमा ५९१५ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार