नेपाली कांग्रेस पुरानो हो तर फाटेको होइन : कोइराला

२०८३ आश्विन १०, शनिबार

काठमाडौँ : नेपाली कांग्रेस इत्तर समूहको महाअधिवेशन तयारी समितिका संयोजक प्राध्यापक डाक्टर शशांक कोइरालाले आसन्न अधिवेशन पार्टीका लागि एउटा ठूलो परीक्षाको समय भएको बताएका छन्।

नेपाली कांग्रेस संस्थापन इतर पक्षद्वारा शनिबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा अधिवेशन सम्पन्न गराउन खटिएका तथा सहयोग पुर्‍याउने सबै कार्यकर्ता र नेताहरूलाई उनले धन्यवाद व्यक्त गरेका हुन्।

अधिवेशन चानचुने कुरा नभएको उल्लेख गर्दै डा.कोइरालाले यसले पार्टीको भविष्यको मार्गचित्र तय गर्ने भएकाले यसलाई अत्यन्त गम्भीरतापूर्वक लिइएको बताए। सबैलाई साथमा लिएर एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिँदै उनले नेपाली कांग्रेस एउटा बलियो र ऐतिहासिक पार्टी भएको स्पष्ट पारे।

पत्रकार सम्मेलनमा बोल्दै डा.कोइरालाले भने, ‘हामी सबै सँगै अघि बढ्न चाहन्छौँ ताकि नेपाली कांग्रेस बलियो बनोस्। कांग्रेस पुरानो पार्टी हो तर फाटेको होइन, यसमा नयाँ जोसका साथ हामी अघि बढ्दै छौँ।’

अधिवेशनले पार्टीलाई अगाडि बढ्न नयाँ शक्ति र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले यसलाई भव्य रूपमा सफल बनाउन सबैको सक्रिय सहयोग र साथ आवश्यक रहेको बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार