धनगढीमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम सञ्चालनमा

२०८३ आश्विन १२, सोमबार

धनगढी : नेपालका लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

युवापुस्तामाझ भेस्पा र अप्रिलियाका स्कुटरप्रतिको बढ्दो आकर्षण तथा ग्राहकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले धनगढीमा नयाँ शोरुम विस्तार गरिएको कम्पनीले जनाएको छ। २०८३ असोज ९ गते विशेष कार्यक्रमबीच धनगढी उपमहानगरपालिका–४ स्थित वेस्टर्न म्याक नेपाल प्रा.लि.मा नयाँ शोरुमको उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा बोल्दै डेल्टा अटोकर्प प्रा.लि.का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले देशभर भेस्पा र अप्रिलियाका स्कुटर सहज रूपमा उपलब्ध गराउने योजनाअनुसार धनगढीमा शोरुम विस्तार गरिएको बताए।

उनले युवापुस्ताको रोजाइमा रहेका भेस्पा र अप्रिलियालाई देशका विभिन्न क्षेत्रमा सहज रूपमा उपलब्ध गराउनुका साथै ग्राहकलाई अन्य आधिकारिक शोरुमसरह सेवा तथा सुविधा प्रदान गरिने बताए। ग्राहकको इच्छा र अपेक्षा पूरा गर्ने उद्देश्यअनुसार सेवा तथा सुविधा थप विस्तार गर्दै लैजाने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

कम्पनीले पछिल्लो समय देशभर बिक्री सञ्जालसँगै आधिकारिक सर्भिस सेन्टरको पहुँच विस्तार गर्दै आएको जनाएको छ। धनगढीमा सञ्चालनमा आएको नयाँ शोरुमबाट ग्राहकले आफ्नो आवश्यकता र रोजाइअनुसार भेस्पा तथा अप्रिलियाका विभिन्न मोडल र कलर छनोट गरी खरिद गर्न सक्नेछन्।

शोरुममा हालै नेपाली बजारमा सार्वजनिक गरिएको १७५ सीसी क्षमताको अप्रिलिया एसआर १७५ समेत उपलब्ध हुनेछ। कम्पनीका अनुसार एसआर १७५ शक्तिशाली इन्जिन, आकर्षक डिजाइन र उच्च प्रदर्शनका लागि लक्षित गरिएको नयाँ मोडल हो।

त्यस्तै, भेस्पाका आकर्षक मोडलहरू पनि विभिन्न कलर विकल्पमा उपलब्ध हुनेछन्। नयाँ शोरुममार्फत भेस्पाको लाइल्याक र ओरो गोल्डेन कलरसमेत ग्राहकले छनोट गर्न सक्ने कम्पनीले जनाएको छ।

धनगढीमा शोरुम विस्तारसँगै सुदूरपश्चिमका ग्राहकलाई भेस्पा तथा अप्रिलियाका स्कुटर खरिद, बिक्रीपछिको सेवा तथा आधिकारिक सर्भिस सुविधामा थप सहजता हुने कम्पनीको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार