काठमाडौँ : नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा घरेलु टोली ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबार ओमानको अल अमिरेत रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको हो ।नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ८० रनको योगदान गरे । उनले ८१ बलमा दुई/दुई चौका र छक्का प्रहार गरे । दीपेन्द्रसिह ऐरीले ६९, देव खनालले ५७, इशान पाण्डेले २९ र बसिर अहमदले १७ रन बनाए ।
चौथो विकेटका निम्ति रोहित र दीपेन्द्रले १३९ रनको शतकीय साझेदारी गरे । ओमानका शाह फैसलले पाँच विकेट लिए । उनले आठ ओभरमा ५७ रन खर्चिए । जय ओडेदराले तीन र समय श्रीवास्तवले दुई विकेट हात पारे ।











