फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीको जित

२०८३ कार्तिक ४, बुधबार

काठमाडौं : इंग्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगमा मंगलबार ग्रीसको एइके एथेन्सविरुद्ध ५–१ को सानदार जित निकालेको छ ।

इत्तिहाद रंगशालामा घरेलु टोली सिटीलाई जित दिलाउन फिल फोडेनले ह्याट्रिक गर्दा एलियट एन्डरसन र रायन चेरकीले एक–एक गोल थपे । एथेन्सका स्टाभ्रोस पिलियोसले एक गोल फर्काए । खेलको १२औँ मिनेटमा एन्डरसनको गोलमार्फत सिटीले अग्रता लिएको थियो । ३४औँ मिनेटमा फोडेनले टोलीको अग्रता दोब्बर बनाए ।

पिलियोसले ५२औँ मिनेटमा गोल गर्दै एथेन्सलाई खेलमा फर्काउने संकेत दिएका थिए । पाँच मिनेटपछि नै चेरकीले गोल गर्दा सिटी ३–१ ले अगाडि बढ्यो । फोडेनले ६५ र ७६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको सिटी छैटौँ स्थानमा छ । पराजित एथेन्स समान खेलबाट तीन अंकका साथ २७औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार