मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

२०८३ कार्तिक ५, बिहीबार

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा लु६४प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा भूमिकास्थान–८ का अन्दाजी ६२ बर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए ।

छोराको नाम खुलिसकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार