केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

२०८३ कार्तिक ५, बिहीबार

काठमाडौं : २०८२ भाद्र २४ गतेको आदोलनबाट फरार रहेका एक कैदीबन्दी पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौँले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ६ घर भई हाल काठमाडौँको धर्मस्थली बस्दै आएका चन्द्र दमाई के.सी. पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका उनी गतवर्षको आन्दोलनको क्रममा फरार रहेका थिए। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई पक्राउ गरी बुधबार पुनः केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार