अम्बे स्टिलको फर्नेस आयल ट्यांकीमा आगलागी

२०८३ कार्तिक ५, बिहीबार

काठमाडौँ : जिल्ला बाँके, जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयल (फलाम इन्जिनमा प्रयोग हुने तेल) को ट्यांकीमा लाइन सर्ट सर्किट भई आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आज बिहीबार करिब ०१:३० बजे ट्यांकीमा सर्ट सर्किट भई एक्कासि आगलागी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। आगलागी भएको ट्यांकीको क्षमता २ लाख लिटर रहेको र आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

नेपाल प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा करिब ०२:३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ। घटनामा कुनै मानवीय क्षति भएको छैन। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार