कांग्रेस केन्द्रीय कार्यसमितिको शपथ ग्रहण बिहीबार हुने

२०८३ कार्तिक ११, बुधबार

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण समारोह भोलि (१२ कात्तिक) मा हुने भएको छ।

केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण समारोह आगामी बिहीबार दिउँसो २ बजे बिपी स्मृति भवन, ललितपुरमा तय भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ।

‘नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रममा उपस्थितिका लागि सूचना र सादर निमन्त्रणा गर्दछौँ,’ निर्वाचन समितिले जारी गरेको सूचनामा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार