बागमतीमा असोज महिनामा सवारी दुर्घटनामा २१ जनाको मृ’त्यु

२०८३ कार्तिक १२, बिहीबार

मकवानपुर : बागमती प्रदेशमा असोज महिनामा एक १६३ वटा सडक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । प्रदेशका १० जिल्लामा गत महिनामा भएको घटनामा परेर २८५ जना घाइते भएका थिए ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार सो अवधिमा ५ हजार ४०६ वटा सवारी साधनलाई कारबाही गरिएको छ । असोज महिनामा कुल अपराधतर्फ ४३० वटा घटना अभिलेख भएका छन् भने जघन्य तथा गम्भीर अपराध १४५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराध ३०, आर्थिक अपराध ११ र अन्य अपराध २४४ रहेको विवरणमा उल्लेख छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमला अनुसार अपराध अनुसन्धान तथा नियन्त्रणका क्रममा ३४० जना पक्राउ परेका छन् । फैसला कार्यान्वयनतर्फ २७३ जना फरार प्रतिवादी पक्राउ परेका छन् भने उनीहरूबाट ३६५ वर्ष ७ महिना २२ दिन कैद तथा २ करोड ४५ लाख ३५ हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।

घरेलु हिंसातर्फ ६६ वटा निवेदन प्राप्त भएकोमा ४३ वटा मिलापत्र गरिएको छ भने ८ वटा अदालत र ३ वटा पीडित सम्पर्कमा आएका छैनन् । १२ वटा घरेलु हिंसा सम्बन्धी घटना भने अनुसन्धानको क्रममा रहेको छ ।

प्रदेशमा असोज महिनामा १७८ जना महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको छन् । तीमध्ये १२९ जना फेला परेको उनले बताए । हराउनेमा ५० जना पुरुष, ५२ जना महिला, १८ जना बालक, ४८ जना बालिका, ४ जना ज्येष्ठ महिला र ६ जना ज्येष्ठ पुरुष रहेको उनको भनाई छ ।

त्यस्तै, फेला पर्नेमा २८ जना पुरुष, ३५ जना महिला, १७ जना बालक, ४२ जना बालिका, १ जना ज्येष्ठ महिला र ६ जना ज्येष्ठ पुरुष रहेको विवरणमा उल्लेख छ । प्रहरीका अनुसार अझै ४९ जना हराएका व्यक्तिको खोजतलास भइरहेको उनले बताए । खोजतलास भइरहेकामा २२ जना पुरुष, १७ जना महिला, १ जना बालक, ६ जना बालिका, ३ जना ज्येष्ठ महिला जना रहेका छन् । हराएका व्यक्तिको खोजी तथा उद्धारका लागि प्रहरीले सम्बन्धित प्रहरी कार्यालयमार्फत आवश्यक अनुसन्धान र समन्वय गरिरहेको जनाएको छ ।

लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले गाँजा, चरेस, खैरो हेरोइन, ट्रामाडोल, नाइट्राभेट, फेनारगन, नुफिन, नाइट्राजेपामलगायतका लागूऔषध बरामद गरेको जनाएको छ । लागुऔषधसम्बन्धी ५१ वटा मुद्दा दर्ता गरी ९६ जना पक्राउ गरिएको विवरणमा उल्लेख छ ।

यस्तै आत्महत्याका ५४ वटा घटना भएका छन् । राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणका क्रममा ४६ लाख ७ हजार ५८ रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरी तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अवैध मदिरा नियन्त्रणतर्फ १५ हजार ७६२ लिटर घरेलु मदिरा र ४ हजार ४०५ लिटर कच्चा पदार्थ बरामद गरिएको छ ।

प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ ८१ वटा सवारी साधन नियन्त्रणमा लिई जरिवाना गरेर छाडिएको र १८ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विवरणमा उल्लेख छ ।

प्रहरीले असोज महिनामा विपद् व्यवस्थापन, नियमित गस्ती, सडक सुरक्षा, लागुऔषध नियन्त्रण, साइबर अपराध तथा समुदाय र विद्यालय केन्द्रित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । असोज २५ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा १४५ जना प्रहरी परिचालन गरिएको विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार