‘पुराना दल कमजोर भएर फरक पर्दैन, रास्वपामै छ प्रतिपक्ष’ : सांसद भण्डारी

२०८३ आश्विन १५, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद वदन भण्डारीले सिद्धान्तले मात्र देश नचल्ने भन्दै जनतालाई सेवा र विकासको प्रत्यक्ष डेलिभरी दिन आफ्नो पार्टी आएको बताएका छन् ।

विगतमा दुई तिहाइ बहुमत प्राप्त सरकार बने पनि सत्ताको भागबन्डा नमिल्दा पतन भएको उदाहरण दिँदै उनले रास्वपाको मूल ध्येय विकास र सुशासन रहेको दाबी गरे ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद भण्डारीले विगतमा भएका यति, ओम्नी, गिरिबन्धु, वाइडबडी र टेरामक्स जस्ता भ्रष्टाचार काण्डमाथि सूक्ष्म अनुसन्धान भइरहेको र दोषीमाथि कडा कारबाही हुने स्पष्ट पारे । ‘जेनजी विद्रोह सुशासन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा र भ्रष्टाचार अन्त्यकै माग गर्दै भएको थियो,’ उनले भने, ‘अहिले सरकार ती माग र पुराना भ्रष्टाचार काण्डहरूको छानबिनमा गम्भीर भएर लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार