मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

२०८३ आश्विन १५, बिहीबार

रौतहट : रौतहटको बौधिमाई नगरपालिका–८ बंकुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

गएराति मौलापुरबाट बंकुलतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एयू ०९०५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा परोहा नगरपालिका–९ का २८ वर्षीय जितेन्द्र दासको मृत्यु भएको हो।

दुर्घटनाको खबर प्राप्त भएपछि बिहान करिब ५ः३० बजे प्रहरी चौकी बंकुलबाट प्रहरी सहायक निरीक्षक रमेशप्रसाद यादवको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत केसीको नेतृत्वमा तथा जिल्ला प्रहरी कार्यालय गौरबाट मुचुल्का टोलीसमेत घटनास्थलमा खटिएको छ।

मृतक दासको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिएका छन्।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार