काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ ।









