फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

२०८३ आश्विन १५, बिहीबार

स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरकी ३४ वर्षीया शान्ती सिग्देललाई बुधबार बिहान करिब ८ बजे फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

करेन्ट लागेर घाइते भएकी सिग्देललाई उपचारका लागि आँधीखोला गाउँपालिका–१ स्थित पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो ।

त्यहाँ उपचारपछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएकोमा चिकित्सकले दिउँसो मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार