रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

२०८३ कार्तिक २६, बिहीबार

वीरगञ्ज : बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चियापान कार्यक्रमका क्रममा दुई पक्षबीच झडप हुँदा करिब एक दर्जन जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ।

रास्वपाभित्र अस्लम देवान र सुवास मन्सुरी पक्षबीच देखिएको विवादले उग्र रूप लिएपछि चियापान कार्यक्रम झडपमा परिणत भएको बताइएको छ। कार्यक्रमस्थलमा सुरु भएको विवादपछि वीरगञ्ज हेल्थ केयर अस्पताल परिसरमा समेत दुवै पक्षबीच कुटपिट भएको थियो।

घटनाबारे बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरसँग बुझ्दा उनले पार्टीभित्रको झडप नभई दुई पक्षबीचको आपसी विवादका कारण घटना भएको बताएका छन्।

घटनाका क्रममा प्रहरीमाथिसमेत हातपात भएको जानकारी प्राप्त भएको छ। कार्यक्रममा सांसद रहबर अन्सारी पनि उपस्थित रहेको बताइएको छ । विवाद बढ्दै झडपको अवस्था सिर्जना भएपछि उनी कार्यक्रमस्थलबाट बाहिरिएको बताइएको छ।

घटनापछि सम्भावित थप तनाव रोक्न तथा स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार