कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

२०८३ कार्तिक २९, आईतवार

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन लिग चरणमा आफ्नो अन्तिम खेल खेलिरहेको चितवन राइनोजले जितका लागि १ सय ५४ रनकाे लक्ष्य पाएकाे छ ।

टीयू क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेटमा १ सय ५३ रन बनाएकाे थियाे । चितवन प्ले अफ पुगिसकेको छ र उसको सात अंक रहेको छ ।

यो खेलको नतिजाले चितवन तेस्रो अथवा चौथोमध्ये कुन स्थानमा रहेर खेल्नेछ भन्ने निर्णय गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार