मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

२०८३ मंसिर १२, शनिबार

जनकपुर : धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार शुक्रबार साँझ करिब ५ बजे जनकपुरबाट औरहीतर्फ जाँदै गरेको ज६प ७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक औरही गाउँपालिका–३ निवासी वासुदेव महराका ३५ वर्षीय छोरा लालबाबु महरा गम्भीर घाइते भएका थिए । घटनालगत्तै प्रहरी टोलीले उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएकामा अस्पताल पुर्‍याएपछि चिकित्सकले साँझ ५ः३४ मिनेटमा मृत घोषणा गरेको नायब उपरीक्षक खनालले जानकारी दिए ।

मृतकको शव प्रादेशिक अस्पतालमै राखिएको छ भने दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय औरहीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार