शेखर कोइरालासँग प्रधानमन्त्रीले मागे सहयोग, भने- अब ढिला भइसक्यो

२०८१ असार २२, शनिबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता गरेका छन्। सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री दाहालले कांग्रेस नेता कोइरालासँग शनिबार बालुवाटारमा भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री दाहालले संविधानको धारा ७६(३) बमोजिम सरकार बनाउन कोइरालासँग प्रस्ताव गरेको बालुवाटार स्रोतले जानकारी दियो। नेकपा एमालेसँग सत्ता सहकार्य गर्नु त्यति उचित नहुने भन्दै उनले कांग्रेस नेतृत्वमै सरकार बनाउन कोइरालासँग सहयोग मागेका थिए।

‘जे भयो भइहाल्यो। अब संविधानको धारा ७६(३) बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार बनाउन तपाइँको सहयोग चाहियो। एमालेसँग सहकार्य गरेर केही हुनेवाला छैन,’ उनले कोइरालासँग भनेका थिए। नेता कोइरालाले प्रधानमन्त्रीको प्रस्तावलाई अस्विकार गरेका थिए। उनले धेरै ढिला भइसकेकाले मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

‘अब धेरै ढिला भइसक्यो। पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने कुरा पनि हुँदैन। तपाइँले मार्ग प्रशस्त गरिदिएको राम्रो। किनकि संसदबाट विश्वासको मत पाउने अवस्था पनि छैन,’ नेता कोइरालाको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार