टी-२० सिरिज : आज नेपालले नेदरल्याण्डसको सामना गर्दै

२०८० फाल्गुन १९, शनिबार

काठमाडौँ : जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डसबीच खेल हुदै छ । टियु मैदानमा हुने खेल बिहान साढे ११ बजेदेखि सुरु हुने भएको हो ।

जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो । त्यस्तै यस अघि सम्पन्न खेलमा नेदरल्याण्डससँग २ रनले र नामिबियासँग २० रनले पराजित भएको थियो । त्यस्तै नेदरल्याण्डसले २ खेलमा एक जित हासिल गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ ।

नेपाली टीम

रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार