संसदीय छानबिन समिति गठनमा आइतबारसम्म सहमति जुट्न सक्छ : प्रवक्ता महत

२०८१ जेष्ठ ४, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका विषयमा सहमतिको प्रयास भइरहेको बताएका छन् ।

शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले छानबिन समिति गठनका विषयमा प्रधानमन्त्रीसँग निरन्तर छलफल भइरहेको भन्दै आइतबारसम्म एउटा सहमतिमा पुग्न सकिने बताए ।

उनले गृहमन्त्री लगायत अन्य समस्याग्रस्त सहकारीका विषयमा अध्ययन गर्नेगरी समिति बनाउनुपर्ने धारणा राखे । रवि लामिछाने सहकारी प्रकरणमा संलग्न भएको स्पष्ट रहेको भन्दै उनले पावरका भरमा कसैले पनि उन्मुक्ति पाउन नहुने जिकिर गरे ।

प्रवक्ता महतले कांग्रेसले उठाएका विषयमा गम्भीर नभएकै कारण लगातार सदन अवरुद्ध हुन पुगेकाले सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो की भन्ने आशंका उत्पन्न हुनु स्वभाविक रहेको बताए । उनले विपक्षी दलहरूको बैठकले पनि संसदीय छानबिन समितिबाट पछि नहट्ने निर्णय गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार