काठमाडौं : अमेरिकाका राष्ट्रपति जो बाइडेन बिहीबार अमेरिकी प्रान्त कोलोराडोस्थित यूएस एयरफोर्स एकेडेमीको ग्रेजुएशन डे सेरेमनीको क्रममा मञ्चमा लरखराएर लडेका छन् । मञ्चमा आफ्नो सिट तिर जाँदै गरेका बेला उनी लडेका थिए । मञ्चमा आफ्नो सिट तिर जाँदै गरेका बेला उनी लडेका थिए ।
राष्ट्रपति लडेको देख्ने बित्तिकै त्यहाँ उभिएका सुरक्षाकर्मीले उनलाई पुनः उभिन मद्दत गरे । तर, त्यसपछि उनी बिना कुनै सहयोग आफ्नो सिटमा पुगे र पछि आफ्नो कारतर्फ दौडे । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले अमेरिकी राष्ट्रपति पूर्णतया स्वस्थ रहेको बताएका छन् ।
८० वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेन सार्वजनिक रूपमा लरखराएको यो पहिलो पटक भने होइन। उनी यसअघि पनि साइकलबाट खसिसकेका छन् । र एक पटक उनी एयर फोर्स वनको सिँढीमा पनि उनको गोडा लरखराएको थियो ।
बाइडेनका आलोचकहरूले उनको बढ्दो उमेरका कारण उनको क्षमताको बारेमा लगातार शङ्का गर्ने गर्छन् । तर बाइडेनले एक पटक पुनः चुनाव लड्ने घोषणा गरेका छन् । यस पटक उनले चुनाव जिते भने उनले ८२ वर्षको उमेरमा अमेरिकी राष्ट्रपति पदको शपथ लिनेछन् । अमेरिकाका ७६ वर्षका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रान्त आइवोमा आयोजित र्यालीका बेला यो खबर पाएपछि उनले हैरानी जताउँदै सोधे, ‘के उनी साँच्चै लडे ?’ त्यसपछि उनले भने, ‘उनलाई चोट नलागोस् भन्ने आशा गर्छु । तपाईंले यसका लागि निकै सचेत हुनुपर्छ ।’





