यौन दुर्व्यवहारका आरोपी राई ४ लाख धरौटीमा रिहा

२०८० जेष्ठ २२, सोमबार

खोटाङ : यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएका मदन राई ४ लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालतमा खोटाङले थुनछेक बहसपछि धरौटीमा रिहा गरेको हो।

जिल्ला न्यायाधीश सुवासबाबु परीको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो। कृषि विज्ञका रुपमा परिचित मदन राईविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको थियो। 

राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क, (ग) (ङ) अन्तरगतको कसुर गरेको आरोप छ। दोषि वा निर्दोष भन्ने टुंगो फैसलामा मात्रै हुनेछ। 

राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर अनुसन्धान गरेको थियो। राईले सञ्चालन गरेको शुभद्रा मदन फाउण्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार