नेपालीलाई विदेश पठाएर लास ल्याउने राष्ट्रवादको अन्त्य हुनुपर्छ : मन्त्री किराँती

२०८० असार २, शनिबार

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रवादको परिभाषा फेर्नुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशन गरेको ‘ललितपुर पत्रकारिता’ विमोचनका क्रममा शनिबार मन्त्री किराँतीले हामी देशलाई कंगाल बनाउने सामन्ती राष्ट्रवादमा रहेको टिप्पणी गरे।


‘ललितपुर पत्रकारिता’ विमोचन गरिँदै। ‘हामी सामन्ती राष्ट्रवादमा छौँ। देशलाई कंगाल बनाउने राष्ट्रवाद’, उनले भने, ‘नेपालीलाई विदेश पठाएर लास ल्याउने राष्ट्रवादको अन्त्य हुनुपर्छ।’

विकास निर्माणको स्पष्ट खाका नहुँदा पर्यटन विकास नभएको उनले बताए।

‘पर्यटनको अर्को आधार जहाज हो तर यहाँ नाफा र घाटासँग हेरिन्छ। जहाज घाटामा गएर देश समृद्ध हुन्छ’, उनले भने, ‘हामी हाम्रो निगम चलाउन सक्छौँ भन्ने अनुभव मलाइ ४ महिनाको अवधिले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार