एक सय २१ जनाले गरे रक्तदान

२०८० असार २, शनिबार

काठमाडौं : नेपाल मानव धर्म सेवा समिति काठमाडौंले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय २१ जनाले रक्तदान गरेका  छन्। 

विश्व रक्तदाता दिवसको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिका आध्यात्मिक व्यक्तिका साथै अन्य व्यक्तिहरुले पनि रक्तदान गरेका थिए। 

रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै रक्तदान कार्यक्रम सञ्चालन गरेको समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले बताइन्।

पछिल्लो चरणमा रगतको अभाव बढ्दै गएको र रक्तदानका बारेमा चेतानाको पनि कमि भएका कारण बेलाबेलामा आयोजना हुने रक्तदान कार्यक्रमले चेतना जगाउनुको साथै रगतको कमी पुरा गर्न पनि सहयोग पुग्ने महात्म चमेली वाईजीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार