भोलि समाजवादी मोर्चा घोषणा गर्ने सहमति

२०८० असार ३, आईतवार

काठमाडौं : समाजवादी मोर्चा भोलि घोषणा गर्ने नेताहरूबीच सहमति भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफलले भोलि मोर्चाको घोषणा गर्ने सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए ।

राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर भोलि मोर्चा घोषणा गर्ने सहमतिका साथ नेताहरू उठेका छन् ।

यो मोर्चाको नेतृत्व सबै दलका नेताहरूले आलोपालो गर्ने सहमति भइसकेको छ । यो मोर्चा घोषणा भएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल ५४ सीटको नेतृत्व गर्नेछन् । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार