काठमाडौं : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले चार दलको समाजवादी मोर्चाबारे विरोध जनाएका छन्।
उनले मंगलबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलक्षित गरी प्रश्न गरेका हुन्।
उनले सोधेका छन्, ‘जनयुद्धकालीन मुद्धामा वारेण्ट काटने र गौर हत्याकाण्डका अपराधीसंग घाटी जोड्नेहरूलाई के भन्नुहुन्छ?’
सोमबार राष्ट्रिय सभा गृहमा चार दलले समाजवादी मोर्चा गठन गरेका थिए। माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोर्चाको सहमतीपत्रमा हस्ताक्षर गरेका हुन्।






