सर्वसाधारणलाई थ्री स्टार हाइड्रोको आईपिओ आजदेखि

२०८० असार ५, मंगलवार

काठमाडौं : थ्री स्टार हाइड्रोपावर कम्पनीले आज असार ५ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई ६ लाख १३ हजार १ सय ६२ कित्ता शेयर निष्काशन निष्काशन गरेको हो ।

यस निष्काशनमा असार ८ गतेसम्म आवेदन दिन सकिने  छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, र सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । 

 कम्पनीले खोटाङ जिल्लाको सपसुप खोलामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८ पुस २३ गतेबाट व्यापरिक उत्पादन गरिरहेको छ। नेपाल धितोपत्र बोर्डले चैत्र १७ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार