चट्याङबाट मृत्यु हुनेको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सांसद गिरीको माग

२०८० असार ११, सोमबार

काठमाडौँ : चट्याङबाट मृत्यु भएकाको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरिएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएकाको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरेका हुन्।

दाङमा केही दिनअघि चट्याङबाट ३६ वर्षीय रामनारायण चौधरी र २६ वर्षीय समीर केसीको मृत्यु भएको जानकारी दिँदै उनले उनीहरुको परिवारलाई तुरुन्त राहत रकम उपलब्ध गराउन माग गरे।

सोही क्रममा जिल्ला प्रशासन कार्यालयमार्फत दुई लाख रुपैयाँ दिने गरिएको राहत नामको मात्रै भएको भन्दै उनले यसलाई बढाएर १० लाख रुपैयाँ दिनुपर्ने माग गरे। साथै दैवीय प्रकोपबाट जनताले ज्यान गुमाउने अवस्थाको अन्त्याका लागि ठोस कदम चाल्नुपर्ने भन्दै उनले दूरावस्था सडकको मर्मत गर्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार