शिवम् सिमेन्टका कार्यकारी निर्देशक दुबईमा सम्मानित

२०८० असार ११, सोमबार

काठमाडौँ : यही मिति २०८० असार ९ गते इन्टरनेसनल एचिभर्स कन्फे्रन्सद्वारा आयोजित अवार्ड कार्यक्रममा आयोजित आउट स्ट्यानडिङ इन्टरनेसनस लिडरसिप एचिभर्स अवार्ड  २०२३ बाट शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु सम्मानित भएका छन् ।

मारु शिवम् सिमेन्टको स्थापना काल देखिनै निर्देशकको रूपमा कार्यरत छन् । विगत लामो समय  देखि निरन्तर व्यवसायी क्षेत्रमा सक्रिय रूपमा लागी परेका तथा कुशल नेतृत्वका साथ संस्था सञ्चालनमा अब्बल व्यक्तित्वको रूपमा पहिचान बनाई सकेका छन् ।

आइएसिले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ र यस वर्ष दुबईमा १६ औँ अवार्ड कार्यक्रम आयोजना गरेको  थियो । इन्टरनेसनल एचिभर्स कन्फ्रेन्स (आइएसि)  को प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरूलाई प्रोत्साह गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न राष्ट्रका महत्वपुर्ण योगदान पुर्याएका उत्कृष्ट उद्योगीहरूको छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरू सँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरू गर्दै आइरहेको छ । उक्त कार्यक्रममा राष्ट्रिय स्तरका नेताहरू, सेलिब्रेटी एम्बास्टरहरु, विभिन्न राष्ट्रका उच्च पदाधिकारी लगायत २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

आइएसिले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने उद्योगहरूको छनौट गरी उद्योगको समग्र क्षेत्रको मुल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पुर्याएका उत्कृष्ट योगदान आधार छनौट गरी अवार्ड दिने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार