देउवाको पार्टीगत कामकारबाहीप्रति शशांक कोइराला असन्तुष्ट

२०८० असार २६, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अधिवेशनबाट नै सभापति बनाएको भन्दै कार्यकाल पूरा नहुन्ज्यालसम्म कुर्नुको विकल्प नरहेको बताए ।

सांसद कोइरालाले पार्टी सभापतिका कामकारबाही चित्त बुझ्दो नभएको टिप्पणी आइरहेको भन्दै केही हदसम्म टिप्पणी सही भएको बताए । 

उनले भने, ‘हाम्रो अधिवेशनबाट शेरबहादुरजीलाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ? विरोध मैले नै गर्न थालेँ भने के हुन्छ, उहाँले आफ्नो कार्यकाल धेरै राम्रो गर्नुभएन भनेर जुन टीकाटिप्पणी आइरहेका छन्, गगन थापा लगायतका व्यक्तिले बोल्नुभएको छ, त्यो केही हदसम्म सत्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार