साँगामा सडकबाट बस खस्दा ८ जना घाइते

२०८० श्रावण ३, बुधबार

काठमाडौं‌ : भक्तपुरको साँगामा बस खस्दा आठ जना घाइते भएका छन्।

काठमाडौंबाट काभ्रे जाँदै गरेको बा ४ ख ९३९६ नम्बरको बस साँगामा खसेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। उनका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ।

मध्यपुर थिमी अस्पतालमा पाँच जना र डा. इवामुरा अस्पतालमा तीन जनाको उपचार भइरहेको हो। उक्त बसमा सवार अन्यको पनि प्रहरीले उद्धार गरिसकेको छ। उक्त बसमा अन्दाजी १५-२० जना सवार थिए।

के कारणले दुर्घटना भएको हो भन्नेबारे अनुसन्धानपछि थाहा हुने डिएसपी पाठकले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार