प्रचण्डले एमालेको रकम खाए पिए, सबै गरे : ओली

२०८० श्रावण १२, शुक्रबार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनै नसकेको बताएका छन् । जनसंगठन संमन्वय संयत्रको बैठकमा ओलीले पार्टी एकता प्रचण्डको चाहना नै नरहेको बताए ।

‘माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन’ ओलीले भने, ‘हामीले छुट्टै भेला गरेनौं । प्रचण्डले आफ्नो पार्टी जिवितै राखे । बैठक गरे ।’ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा एमालेकै रकममा प्रचण्ड चलेको पनि ओलीले आरोप लगाए ।

‘आफ्नो हिसाबकिताब बुझाएनन्, रकम बुझाएनन् । एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रुकम खाए, पिए, सबै गरे’ ओलीले भने ।

प्रचण्डले माओवादीको पार्टी कार्यालय समेत जिवितै राखेको ओलीको भनाइ थियो । पार्टी कब्जा गर्न नसके फेरि अलग हुनुपर्ने बुझेर प्रचण्डले हिसाबकिताब र पार्टी कार्यालय अलग गरेको ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार