बढ्यो सुनको मूल्य

२०८० श्रावण २१, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख १२ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार