आईसीसी महिला टी-२० विश्वकप एसियाका लागि नेपाली टोली घोषणा

२०८० श्रावण २६, शुक्रबार

काठमाडौं : यसै महिनाको अन्तिममा मलेसियमा हुने आईसीसी महिला टी-२० विश्वकप एसियाको नेपाली टोली घोषणा भएको छ।

मलेसियामा अगष्ट ३१ देखी ९ सेप्टेम्बरसम्म हुने खेलका लागि नेपालले बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा १४ जना खेलाडी घोषणा गरेको हो। प्रतियोगितामा आयोजक मलेसियाससहित नेपाल, बहराइन, भुटान, कतार र यूएई भिड्दैछन्।

टोलीमा कप्तान क्षेत्रीसहित सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार