यहाँ केही बोल्यो भने सुनिल शर्मा बनाइदिन्छन् : केपी ओली

२०८० श्रावण २६, शुक्रबार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‌मा प्रतिपक्ष बोल्छ भनेर सत्तापक्षले बोल्नै नदिएको आरोप लगाएका छन्। 

राजधानीमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार ओलीले प्रतिपक्ष बोल्न थाल्ने बित्तिकै प्रतिपक्षीले अवरोध गर्ने गरेको बताए। 

‘यो सुन तस्करी काण्डमा प्रतिपक्ष बोल्छ भनेर सत्तापक्षले प्रतिपक्ष बोल्न थालेपछि महाभारको युद्धमा ‘अस्वस्थामा हतोहत नरवाकुन्जर चैव’ भन्ने पछिल्लो वाक्य सुन्नै दिएनन्,’ उनले भने, ‘अहिले त्यही गर्छ सत्तापक्ष। हामी उठेर डङडङडङ बजाएर सत्य उजागर हुन्छ भनेर बोल्न दिँदैन।’

साथै, उनले कांग्रेस सांसद सुनिल शर्मालाई फेक सर्टिफिकेटबारे गरिएको पक्राउको पनि विरोध गरे। 

‘सुनिल शर्मा फेक सर्टिफिकेट यही दुई दिनमा बनाएको हो? सरकारको आलोचना गरेपछि। अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा गर भनेपछि,’ उनले भने, ‘त्यसको गहिराइसम्म पुगौं, यसले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने भइसक्यो हाम्रो। भारत एकदमै गम्भीर ढंगले प्रश्न गरिरहेको छ कि हाम्रो अर्थतन्त्रमा गम्भीर समस्या भयो।’ उनले शर्मालाई अहिले नै किन पक्राउ गरिएको भन्दै प्रश्न समेत गरे। 

‘यस्तो के भइरहेको छ? सुनिल शर्मालाई तत्काल पक्राउ गरेको किन? जाली सर्टिफिकेट भएको मान्छे किन लुकाउनुभयो? किन उम्मेदवार बनाउनुभयो? हैन भने किन समात्या?,’ ओलीले भने, ‘साँचै हो भनेपनि अहिले नै पक्राउ गर्नुपर्ने किन? अब कोही बोल त, सुनिल शर्मा बनाइदिन्छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार