कैलालीमा नदीमा डुबेर दुई बालिका बेपत्ता

२०८० श्रावण २७, शनिबार

धनगढी : कैलालीमा नदीमा डुबेर शुक्रबार दुई बालिका बेपत्ता भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुर शिविरमा बस्दै आएका शेरबहादुर बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिबिरमा बस्दै आएका रमेश ओलीका १० वर्षीया छोरी गौरी ओली बेपत्ता भएका हुन् ।

घरमा कसैलाई जानकारी नगराई हराएको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। दुबै बालिकाको खोजी कार्य भइरहेको सूचना अधिकारी शिवराज जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार