काठमाडौं : नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले सरकार पूर्वाग्रही नहुने बताएका छन्।
कांग्रेस संसदीय दल बैठकमा सरकार पूर्वाग्रही भएर एकपछि अर्का नेता पक्राउ गरेको विषय सांसदहरूले राखेका थिए। यसबारे पत्रकारहरूले नयाँ बानेश्वरमा आइतबार महतसँग सरकार पूर्वाग्रही भएको हो भन्ने प्रश्न गरेका थिए।
‘सरकार पूर्वाग्रही हुँदैन,’ उनले भने, ‘सुन प्रकरण अनुसन्धान भइरहेको छ। को-को संलग्न छन् यथार्थ छानबिन हुन्छ, दोषी कानूनको कठघरामा आउनुपर्छ।’उनले प्रतिशोधको हिसाबले कुनै पनि काम गर्न नहुने पनि बताए। ‘प्रतिशोधपूर्ण तरिकाले कुनै पनि संरचना प्रस्तुत हुनु हुँदैन,’ उनले भने।
कांग्रेसले अहिले सरकार छाड्ने कुनै सम्भावना नरहेको उनको भनाइ छ।





