अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुनको तौल ६० किलो ७१६ ग्राम

२०८० श्रावण ३०, मंगलवार

काठमाडौं : नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन गालेर जोखिएको छ। मंगलबार महाशाखाले ब्रेक शुबाट निकालिएको सुन गालेर तौलेको हो।

तौलिएपछि उक्त सुन ६० किलो ७१६ ग्राम भएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। सोमबार ब्रेक शुबाट निकालेर तौलिँदा उक्त सुन ६० किलो ७८९ ग्राम थियो। अहिले उक्त सुन गालेर ३४ वटा बिस्किट बनाएको उनले बताए।

सुन गाल्दा थोरैमात्रै जर्ती निस्किएको उनले जानकारी दिएका छन्। अब महाशाखाले यसको गुणस्तर परीक्षण गर्नेछ। तीन दिनभित्र गुणस्तर परीक्षण गरिसक्ने महाशाखाको तयारी छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकालिएको थियो। राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो। उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार