मुख्यमन्त्री थापाविरुद्ध एमाले फेरि अदालत जाने

२०८० भाद्र ४, सोमबार

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध नेकपा एमाले फेरि अदालत जाने भएको छ ।

प्रदेशसभाको अध्यक्षता गरेका इस्त्राइल मन्सुरीको समेत मत लिएर मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत पाएका छन् । तर एमालेले सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक भन्दै अदालत जाने बताएको हो ।

पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले भने, ‘संविधान जोगाउन पनि हामी अदालत जानै पर्‍यो ।’ सत्तारुढ गठबन्धनबाट संविधानको धज्जी उडाउने काम भएको उनले बताए ।

‘कानून नमान्ने र संसदीय गरिमा नराख्ने काम उहाँहरुबाट भएकै थियो । अब त निर्लज्जताको पनि सीमा रहेन’, कार्की भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार