काठमाडौं : काठमाडौंको शंखमुलमा आतंक मच्चाएको अनियन्त्रित भैँसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार बिहान काट्न लागेको बेला भागेर शंखमुलको ज्ञान निकेतन स्कुलमा छिरेको भैँसी प्रहरीले नियन्त्रणमा लिएको हो ।
अहिले उक्त भैंसी बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलको कम्पाउण्डभित्र छ । भैंसीलाई त्यहीँबाट नियन्त्रणमा लिन प्राविधिक टोली बोलाइएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । प्रहरीले घेरा हालेर नियन्त्रणमा राखेको जनाएको छ ।
स्कुलभित्रै नियन्त्रणमा लिइएको भैँसीलाई वन कार्यालयमा बुझाइने तयारी गरिएको प्रहरीको भनाइ छ । प्रहरीका कहाँ भैँसी राख्ने ठाउँ नभएकोले वन कार्यालयमा बुझाउन लागिएको हो । भैँसी सडकमा कुदेपछि भएको भागदौडमा केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ । भैँसी कहाँबाट आएको हो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।





